नयाँ म्युजिक भिडियो ‘चारोका खवर’ सार्वजनिक हुँदै

काठमाडौं, फागुन ६ । PM Music Pvt. Ltd. को प्रस्तुतिमा निर्देशक प्रेम लामाको नयाँ म्युजिक भिडियो ‘चारोका खवर’ सार्वजनिक हुने भएको छ।

बुधबार डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएकाे “A Video by Prem Lama” उल्लेख गरिएको पाेष्टरकाे  म्यजिक भिडियाे छित्तै बजारमा सार्वजनिक हुने पनि बताइएकाे छ।

गीतमा स्वर स्वयं प्रेम लामाले दिएका छन् भने शब्दहरू भोला पौडेल र प्रेम लामाको रहेको छ। संगीत संयोजन  पनि प्रेम लामाले नै गरेका छन। गीतको मिक्सिङ तथा मास्टरिङ भने भोला पौडेलकाे रहेकाे छ।

भिडियोमा कलाकारका रूपमा प्रेम लामा, सास्बिना लो तामाङ र रेजिना खत्रीको अभिनय देख्न पाइनेछ। उत्पादन व्यवस्थापकको जिम्मेवारी अजय लामाले सम्हालेका छन्। स्टुडियो साउन्ड डिजाइन र क्यामेरा दुवैमा सुरेश तामाङको योगदान रहेको छ। असिस्टेन्ट क्यामेरामा नारायण दोताल र सम्पादन  टेकेन्द्र शाहले गरेका छन्।

निर्देशन प्रेम लामाकै रहेको यस भिडियो विभिन्न डिजिटल प्लेटफर्महरूमा रिलिज गरिने जनाइएको छ।

पोस्टरमा देखिएको सांस्कृतिक पहिरन र मौलिक प्रस्तुतीले गीतमा लोक–आधुनिक परिवेश समेटिएको संकेत गरेको छ। निर्माण टिमले दर्शक र श्रोताबाट साथ र माया अपेक्षा गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस