मञ्जित पहाडी र लक्ष्मी दाहालको स्वरमा “रास्वपको जित” बोलको गित सार्वजनिक

दाङ, माघ २६ । मञ्जित पहाडी र लक्ष्मी दाहालको स्वरमा सजिएको “रास्वपको जित”  बोलमा रहेको गीत सार्वजनिक भएको छ । उक्त गीतका निर्माता पदमराज सिग्देल र विष्णु सिग्देल रहेका छन् । मञ्जित पहाडीको युट्युब च्यानलमा सोमबार सार्वजनिक भएको उक्त गितमा सँगित शब्द लेखन भीम ओली रहेको छ, भने संगीत संयोजन मनजित पहाडी स्वयंले गरेका छन् ।

सोमबार सार्वजनिक भएको उक्त गित आउदै गरेको प्रतितिधी सभा चुनाबको परिवेशसँग जोडिएकाले धेरैले रुचाएका छ । गितमा जोडिएका “रास्वापाको जित जनताको जित प्रधानमन्त्री बालेन शाह भएसि सबलाई हुन्छ हित” जस्ता शब्दहरुले चुनाब प्रचार लगाएतका कार्यहरुमा समाजिक सञ्जालहरुमा ब्यापकता छाएको देखिन्छ ।

गित भिडियोमा मञ्जित पहाडी र स्वस्तिका लामिछानेको अभिनय रहेको छ । त्यस्तै भिडियो निर्देशन मञ्जित पहाडीले गरेका छन, भने भिडियो सम्पादन दिपक बिष्ट र छायांकन बिरेन्द्र परियार लगाएतको समुहमा तयार पारिएको छ ।

उक्त गीतको एरेञ्ज महेन्द्र भण्डारीले र मिक्सिङ तथा मास्टरिङको कुमार राणालेको रहेको छ । त्यस्तै रेकर्डिङ सुमन राणा र खुमान राणाले गरेका हुन् भने गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

पुरा भिडियो  

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस