रोल्पामा माघ १५ देखि रोल्पा जलजला महोत्सव सञ्चालन हुँदै। अनिल खत्री रोल्पा कृषि पर्यटन उद्योग खेलकुद र कला संस्कृतिको विकास हाम्रो अभियान, रोल्पाको विकासमा हामी सबैको हातेमालो र जागरण भन्ने मूल नाराका साथ रोल्पा जिल्लाको सदरमुकाम लिबाङ बजारमा सनस्तार युवा क्लबको आयोजनामा रोल्पा जलजला महोत्सव हुने भएको छ महोत्सव माघ १५ गतेदेखि माघ २६ गतेसम्म सञ्चालन हुने छ भने महोत्सवमा राष्ट्रिय स्तरदेखि स्थानीय स्तरसम्म ख्याति प्राप्त कलाकारहरूको आगमनसँगै व्यापारिक मेला पनि रहनेछ
। महोत्सवमा कृषि प्रदर्शनी पर्यटन प्रवर्धन स्थानीय उत्पादन कला संस्कृतिको संरक्षण का साथै विकास गर्नका लागि महोत्सवको आयोजना गरिएको हो। भनेर मेला मूल आयोजक समितिका अध्यक्ष तथा कार्य वाहक अध्यक्ष यम गुरुङले बताउनुभएको छ। त्यस्तै सम्पूर्ण कार्यसमितिका अनुसार क्लबले योभन्दा अगाडि खेलकुद कार्यक्रमहरू गर्दै आएको तर महोत्सव सञ्चालन नगरेको र स्थानीय कला संस्कृतिको संरक्षणसँगै कलाकार उत्पादन र मनोरञ्जन लिनका लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारको समेत बेजोड प्रस्तुति रहने बताएका छन्।
पछिल्लो समय नेपालकै सुपरस्टार नायक तथा गायक प्रकाश सपुत गायक अर्जुन सापकोटा, गायिका ज्योति मगर, गायक प्रकाश दुतराज ,गायिका समीक्षा अधिकारी, लोक गायक बद्री पंगिनी गायिका शान्ति श्री परियार, गायक रामजी खाँड, गायक शक्ति चन्द ,गायिका शान्त रानी परियार ,गायक अर्जुन कौशल ,गायक श्याम राणा ,जनवादी गायक मोहित श्रेष्ठ, गायिका बिमता घर्ती, जनवादी गायक अमर रोका मगर ,गायिका जालुमाया गुरुङ, गायिका भूमिका गिरी ,जनवादि गायक झन्कार बुढा मगर, लगायत सम्पूर्ण स्थानीयदेखि राष्ट्रियतासम्मका कलाकारहरूको प्रस्तुति रहनेछ। दिन प्रतिदिन स्थानीय स्तरका कलाकारलाई पालो दिइने समेत आयोजकले बताएको छ।
भने महोत्सव अवधिभर स्थानीय उत्पादन र प्रोत्साहनका लागि स्थल छुट्याउने समेत जानकारी प्राप्त भएको छ। त्यस्तै कार्यक्रम भव्य र सभ्य बनाउनको लागि सम्पूर्णमा हार्दिक अपिल समेत गरिएको छ भने रोल्पा जिल्लाका सम्पूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूलाई प्रवर्द्धन गर्न र प्रचारप्रसार गर्न का लागि समेत सजिलो रहने आयोजकले बताएको छन्। त्यस्तै कार्यक्रमका लागि झोला पिङ बाल उठान समेत राख्ने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार


