गायक रामहरि भण्डारी र गायिका प्रतिमा अर्यालको स्वरमा सजिएको नयाँ गित ”निरकमल” भिडियो सहित बजारमा आएको छ। जस गीतको अडियो तथा भिडियो रामहरि भण्डारी युटुब च्यानलबाट बजारमा आएको हो। दिनेश मुस्कानको शब्द , संगीत रहेको गीतको एरेञ्ज बिष्णु तामाङ्गको रहेको छ, जुन गीतलाई शंखरा डिजिटलमा रेकर्ड गरिएको थियो भने कुमार सानु पुनको मिक्सिंग रहेको गीतलाई सागर पुनले रेकर्ड गरेका हुन्।
दिनेश मुस्कानको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र परियारको टिमले खिचेका हुन् भने भिडियोको कलर सम्पादन दिनेश मुस्कानको रहेको छ। भिडियोमा प्रतिमा अर्याल, दिनेश मुस्कान र रामहरि भण्डारीको दमदार अभिनय रहेको छ।
प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार