वर्षा भण्डाराको अभिनयमा ‘बेहुली’ गित भिडियो सहित बजारमा

गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ भिडियो सहित बजारमा सार्वजनिक गरिएको छ ।

गीतमा एक नारीले जिवनमा प्रेममा गरेको संघर्षलाई समेटिएको छ । प्रेममा रहेका मायालु जोडिहरु विचको चित्कार र वेदनालाई गीतमा समेटिएको छ । मायामा पाउँनु भन्दा वाध्यतामा डोली चढ्न बाध्य प्रेमिकाको जिवन भोगाईलाई गीतमा मौलिक ढंगबाट चित्रण गरिएको छ ।

कमल बस्यालको शब्द तथा राजु अर्यालको संगीत एवम कृष्ण बिकको संगीत संयोजनमा गीत तयार गरिएको हो । अभय चौधरीको छायाँकन, नविन घर्ति मगरको सम्पादनमा यो भिडियो तयार भएको छ। भिडियो सलिना म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

कमल भक्तको कथा लेखन तथा निर्देशनमा भिडियो तयार गरिएको हो । जुन गीतको भिडियोमा कमल भक्त, वर्षा भण्डारा, दिलीप सिंहको अभिनय देख्न सकिन्छ ।

बाकि भिडियोबाट हेर्नुहोस भिडियो …..

 

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस