‘पूर्णबहादुरको सारंगी’को सोज कम भए लगतै फेरि ‘लाज शरणम्’ को दोस्रो चरणको छायांकन सुरु

‘पूर्णबहादुरको सारंगी’ का अभिनेता विजय बरालले ‘पूर्णबहादुरको सारंगी’को  सोज कम भए लगतै फेरि ‘लाज शरणम्’ को दोस्रो चरणको छायांकन सुरू गरेका छन्।

मंगलबारदेखि बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोस्रो चरणको छायांकन सुरू गरेका हुन्। दसैंअघि डोल्पा सुटिङ सकेको फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरू गरेको हो।

हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ। फिल्मको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो। विजयको यो ‘पूर्णबहादुरको सारंगी’ को रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो फिल्म हुनेछ।

फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन्। फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रूपमा रहेका छन्।

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस