
काठमाडौं। टंक डुम्रेको शब्दमा “सुन्धारा चोक” भिडियो सहित सार्वजनिक भएको छ ।
टंक डुम्रेको शब्द यज्ञ सापकोटाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक हरि गिरि, टंक डुम्रे, यज्ञ सापकोटा, धुर्ब रेग्मी र मिठो स्वरकी धनी गायिका अस्मिता छेत्रीको सुमधुर स्वर रहेको छ।ओजन स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण के.सी.ले संगीत संयोजन गरेका हुन्।
मदन खड्काको निर्देशन, कोरियोग्राफी रहेको उक्त भिडियोमा टंक डुम्रे, यज्ञ सापकोटा, डिप्सोन छेत्री, मधु कंडेल , शिखा थापा, अप्सरा पोखरेल, रोयल प्रिन्स सिंह, गुमी घर्ति मगर, दिपेश एस.के., सपना चन्द, धुर्ब रेग्मी र अस्मिता छेत्रीको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । अकलादेबी म्यूजिकको प्रस्तुती रहेको “सुन्धारा चोक” म्यूजिक भिडियो यज्ञ सापकोटा अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
बाकि भिडियोबाट हेर्नुहोस भिडियो …..