दयाहाङ राईको मुख्य भूमिकामा चलचित्र ‘रिमै’ को शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन गर्न थालिएको छ ।

सिनेमाको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका हुन्। सिनेमाको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिनेमामा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको सिनेमामा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माताको रुपमा रहेने छन् ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्ने छन् । सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहने छ । सिनमालाई आरआर फिल्मस्ले वितरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस