नेपालि चलचित्र घर ज्वाईको “यानिमाया ” गित बजारमा

नेपाली कथानाक चलचित्र घर ज्वाईमा समाबेश “यानिमाया “ गित बजारमा आएको छ,यो गित बुढा सुब्बा डिजिटलको युटुब च्यानलबाट आएको हो,

नेपालि चलचित्र घर ज्वाई यहि असार २८ गत्ते नेपालमा रहेका विभिन्न सिनेमाहलहरुमा पर्दशन हुन् लागेको छ,यो चलचित्र पुर्बी रुकुमको तकसेरामा सुटिङ्ग भएको हो।यस चलचित्रमा पुर्बी रुकुमको विभिन्न भागहरु समाबेश गरिएको छ, यस चलचित्र मा गाउ घरमा गरिने काम र गाउ घरमा भएको रिति रिवाज, चालचलन र सस्कारलाइ देखाइएको छ। चलचित्र घर ज्वाई रिलिज हुदै गर्दा यस चलचित्रको गीतहरुले बजारमा राम्रो स्थान पाएका छन्। त्यो मध्ये “यानिमाया ” गित पनि एक हो, जसमा हर्क साउदको सब्द, मनोज थापा मगरको संगीत रहेको छ भने, यस गीतको एरेन्ज र मिक्सिंग जनरिक्सले गरेका हुन्।

अनिल बुढा मगरको निर्देशनमा बनेको यो भिडियोमा दयाहांग राइ, मिरुना मगर, शिशिर बांग्देल, राज थापा मगर, कबिता आले मगर, बुद्धि तामाङ्ग, पुस्कर गुरुङ, अनु थापा, सुनिल मगर, भोला राज सापकोटा, खबपू पुन, बीना पुन मगर, सुरेश पुन, शिला आले खनाल, बिबेश बुढा मगर र सोनाम लामा को दमदार अभिनय रहेको छ।

बाकि भिडियोबाट।

हेर्नुस भिडियो ……..

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस