
नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत माइतीको झलिको सार्वजनिक भएको छ ।लोक गायिका प्रिया सारु मगरको आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत प्रयास कुवर मगरको रहेको छ ।
डोलराज बाह्रघरे मगरको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो । मोडल स्मृती पुन र लेखिना रानाको अभिनय रहेको उक्त गीतलाई सुजन श्रेष्ठले खिचेका हुन भने राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन ।
अमन रानाको कोरियोग्राफि रहेको उक्त गीतको भिडियोलाई नरेन्द्र पुनले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो नरेन्द्र पुनको आफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार