दैलेख । दैलेखमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तारको काम तिब्र रुपमा भइरहेको छ । गत असार ७ गते चर्चित पत्रकार रबि लामिछानेले घोषणा गरेको पार्टीको संगठन बिस्तारको काम तीब्र रुपमा हुन थालेको हो ।
उक्त पार्टीले असार १७ गते निर्वाचन आयोगबाट बैधानिकता पाएको थियो ।
पुराना दलको गतीबिधिबाट वाक्क भएको र भरखरै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखमा गठन हुन थालेपछि खुशि लागेको दैलेखी जनता बताउँछन् । स्वतन्त्र पार्टीले भ्रष्टाचारीहरूको सातो जाने गरि ल्याएको एजेण्डा ल्याएकाले पार्टी प्रति राम्रो आकषर्ण भएको स्वतन्त्र पार्टीका नेता सिद्धार्थ अधिकारीले जलजला टाइम्सलाई बताए ।
‘दैलेखी जनताको बिकासका लागी आएको बजेट नव सामन्तहरूले आफ्नो बाबुको सम्पती सम्झेर मनोमानी गरि बह्मलुट गरि रहेका छन्।’ अधिकारीले भने, ‘भ्रष्टाचारीलाई कडा कारबाहीको एजेण्डा ल्याएर उदाएको पार्टीलाइ कसरी अगाडी बढाउने भन्ने बारे छलफल भइ रहेको छ ।’
केही दिनमा दैलेखको जिल्ला कमिटीको गठन र जिल्ला सम्पर्क कार्यालय राख्ने तयारी भइरहेकाे नेता अधिकारीले जानकारी दिए ।