खेल्दै रमाउ नाच्दै जोगाउँ। संस्कृति र युवा सँगै अघि बढाउँ भन्ने मूल नाराका साथ इन्द्रेणी युवा समूह परिवर्तन २ राङ्सी ओइबाङ डोल्पाले आफ्नो प्रथम वार्षिक उत्सव मनाउने भएको छ ।
माघे संक्रान्तिको अवसर पारेर माघ ३ देखि ५ सम्म आफ्नो वार्षिक उत्सव खेलकुद र सांस्कृतिक कार्यक्रम गरेर मनाउने भएको छ। खेलकुद अन्तर्गत पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार रु ८ हजार द्वितीय पुरस्कार ६ हजार तृतीय पुरस्कार ४ हजार सान्त्वना पुरस्कार २ हजार सँगै ट्रफी र मेडल र प्रमाणपत्र समेत व्यवस्था गरिएको छ। त्यस्तै एकल नृत्य प्रतियोगिता प्रथम पुरस्कार रु २ हजार द्वितीय पुरस्कार रु १ हजार ५ सय तृतीय पुरस्कार १ हजार रहेको छ भने कार्यक्रममा सम्पूर्ण राजनीतिक दल बुद्धिजीवी जनप्रतिनिधि शिक्षक कर्मचारी विद्यार्थी खेलप्रेमी खेलाडी युवा समूह आमा समूह युवा क्लब पत्रकार सुरक्षाकर्मी सम्पूर्णमा हार्दिक निमन्त्रणा गरिएको छ।
परिवर्तन २ राङ्सी ओइबाङ रोल्पामा यो कार्यक्रम सञ्चालन हुन गइरहेको छ। यसका निम्ति एकल नृत्य प्रतियोगिता खुल्ला रहने र भलिबल प्रतियोगिता भने साविकको शुद्ध स्तरीय खेलाइने समेत आयोजकले जानकारी दिएको छ।स्तरीय खेलाइने समेत आयोजकले जानकारी दिएको छ।


