सांगीतिक जगतमा छुट्टै पहिचान छ गायिका जालुमाया गुरुङको,
पछिल्लो समयमा आफ्नै ”मेरो सारंगी रोधी क्लव ” आबद्ध छिन ।
चर्चित लोकदोहोरी गायिका जालुमाया गुरुंग रोल्पा को गुरुंग गाउमा जन्मेकी हुन् । गुरुङहरुको बाक्लो बस्ती रहेको गाउमा उनको जन्म भएको थियो।
सानैबाट गित संगीतमा रुचि देखाउने जालुमाया गुरुङ बिशेष गरि लोकदोहोरी क्षेत्री मनपराऊथिन। सानै उमेरबाट गाउने गर्दथिन, स्कूलको कार्यक्रम होस या जुनसुकै कार्यक्रमहरुमा जानी नजानी भएपनि सहभागी हुन्थिन अनि गीतहरु गाउथिन। सहभागी भएर सानो सानो पुरस्कारहरू पाऊँने गर्थिन र पुरस्कार पाउदा उनको ख़ुशीको सिमा नै थिएन। गित गाएर पुरस्कारको रुपमा कलम कपि पाउदा पनि उनलाई संसार जीते जस्तो हुन्थ्यो ।
सानैबाट उनी सोझोपन, सरल र सहयोगी स्वभावकी जालुमाया गुरुङ आज भन्दा १५ वर्ष पहिले उन्ले आफनो बाबा गुमाईं । बाबा गुमेको ७ वर्ष पछाडी आमा पनी गुमाइन। जालुमाया गुरुङलाइ आफु सफल नहुदै बाबा आम गुमाउदाको त्यो पलले निकै नै गारो अबस्था सिर्जना भएको थियो । छोरीलाई ठुलो मान्छे बनाउछु भन्ने बाबा आम़ा अल्प आयुमै संसार छाडेर जानु भयो , छोरीको प्रगति नै देखन पाउनु भएन। सानै देखि मेहनत गर्दै अगाडी बढेकी उनी आज भन्दा करिब १० वर्ष पहिले कलाकार बन्न काठमाण्डौ पुगिन।
झोला बोकर पहिलो पटक काठमाण्डौ पुगेकी जालुमाया गुरुङको चीने जानेको आफन्ती भन्ने कोही थिएन । काठमाण्डौमा उनी दोहोरी साझमा जागीर खोज्दै केहि समय भौतारिन र केहि समयपछि साथी मार्फत दोहोरी साझको साहु सँग कुराकानी भयो र जालुमाया गुरुङलाइ गीत गाऊन लगायो। गित राम्रो र स्वर मीठो छ भोली तलबको टुंगो लगाइ दिन्छु भनेपछि तेहि दोहोरी साझमा जागीर गर्न थालिन तर काठमाण्डौको सहरमा उनलाई सोचेको जस्तो भएन । कोठा भादा तिर्दा र खाना खादा त्यो पैसा अपुग हुने सम्भाबना धेरै भयो, तर पनि जालुमाया गुरुङले हिम्मत हारिन्न केहि समय गारो गारो भयो। समय बित्दै गयो दिन प्रति दिन झन झन राम्रो गाउन थालि। बिस्तारै तलब पनि बद्ढै गयो अनि गीतसंगीत लाई बिस्तारै उचाइमा पुर्याउन सफल भइन।
पछिल्लो समयमा ऊनी लोकप्रिय कार्यक्रम इंद्राणीमा धेरै जसो राम्जी खाद, श्याम राणा, राजु परियारसँग गएको दोहोरी दर्शकले धेरै मन पराइदिनु भयो। केहि समय संघर्ष गरेपछि जालुमाया गुरुङले दोहोरी गायिका भनेर देश बिदेशमा आफुलाई चिनाउन सफल भईन। पछिल्लो समयमा हजुर कसको माध्यमबाट चर्चा कमाउन सफल हुनु भयो ? भनेर प्रश्न गर्दा उनि भन्छिन आज म जुन अबस्था छु त्यो सबै इन्द्रेणीले गर्दा हो भनेर बताऊछीन। गीत संगीतमा धेरै संघर्ष गर्दै दुख र चुनौती भोग्दै दोहरी प्रतिस्पर्धामा धेरै गायिन। दोहरी प्रतिस्पर्धामा कहिले हार कहिले जित हुन्थ्यो सोही क्रममा नेपालको ठुलो रयालिटी सो दोहोरि च्याम्पियनमा भिदन गईन। रयालिटी सो दोहोरि च्याम्पियनमा टप १० सम्म पुग्न सफल भईन।
तीज नजिकिदै थियो, एकदिन संयोगले सारंगी संसारमा दोहोरि गाउने अवसर मिल्यो ५ जानाले रिले दोहोरी गाए र पारिवारिक दोहोरी भनेर ”लण्ठु” दोहोरीले सबैको मन जित्न सफल भयो। जुन ”लण्ठु” दोहोरी ट्रैनिंग १ मा पर्यो अझ झन धेरै दर्शकको मायाँ पाउन सफल भइन अहिले उनी नेपाल को बिभिन्न मेला महोत्समा ब्यस्त छिन। कही दिन अगाडी मात्र उनी हङकङ बाट नेपाल आएकी हुन, अब छिट्टै आउदै गरेको गुरुङहरुको चाड ल्होसार मनाउन दक्षिण कोरिया जादै छिन ।
एक महिना अगाडी मात्र उनि लगाएत गायिका संगम लामिछाने गायक प्रदीप रोका मिलर काठमाण्डौ दरबारमार्ग स्थित ”मेरो सारंगी रोधी क्लव ” दोहोरी साझ खोलेकी छिन।