रोल्पाको परिवर्तन गाउँपालिकामा गाउँ प्रहरी पदपूर्तिको दरखास्त खुल्ला

कल्पना घर्ति मगर २८ मङ्सिर रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकाले गाउँ प्रहरी आवश्यकता भएको सुचना सार्बजनिक गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को कार्यान्वयनाथ नगर प्रहरी सेवा सञ्चालन सम्बन्धि कार्यविधि,२०८१ बमोजिम करार सेवामा नगर प्रहरी अन्तर्गत गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँ प्रहरी करार पदपूर्तिको लागि सूचना आह्वान गरेको हो ।

कार्यविधि अनुसार २४ मंसिरमा गाउँ प्रहरी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले सूचना आह्वान गरिएको परिवर्तन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार गाउँ प्रहरीको लागि सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात पुस ९ गतेभित्र योग्यता पुगेका नागरिकलाई दरखास्त पेश गर्न सूचनामा मार्फत जानकारी गराउनु भएको हो । गाउँपालिकाले गाउँ प्रहरी सहायक निरीक्षक सहित ५ जनाको आवेदन खुलाएको छ ।

जसमा गाउँ प्रहरी जवान खुला २, महिला १,आदिवासी जनजाती १ जनाको आवेदन माग गरिएको प्रमुख प्रसाशकीय अधिकृत जि.एमले जानकारी दिनुभयो छ । प्रहरी सहायक प्रहरी निरीक्षकको लागि प्रमाणपत्र तह उतिर्ण गरेको हुनुपर्ने छ, जवानको लागि कक्षा ८ उतिर्ण गरेको हुनुपर्ने छ, दरखास्त परिवर्तन गाउँपालिकाको कार्यालय पुतलाचौरबाट दिन सकिने परिवर्तन गाउँपालिकाले जनाएको छ ।

परिवर्तन गाउँपालिकाले गाउँप्रहरीको आवेदन खुलाएसँगै रोल्पामा पाँच स्थानीय तहमा नगर प्रहरी रहने जानकारी भएको छ । यस अघी रोल्पा नगरपालिका,रुन्टिगढी गाउँपालिका,सुनिल स्मृति गाउँपालिका र माडी गाउँपालिकामा नगर प्रहरी रहेका छन् ।

त्रिवेणी गाउँपालिका,लुङ्री गाउँपालिका,सुनछहरी गाउँपालिका,थबाङ गाउँपालिका र सुकिदह गाउँपालिकामा गाउँ प्रहरी राख्न बाँकी छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस