परिवर्तन गाउपालिकामा समुन्नती परियोजना कार्यक्रमको समापन सम्पन्न

२६ मंसिर २०८१, बुधवार। समुन्नती परियोजना कार्यक्रमको समापन परिवर्तन गाउपालिकामा सम्पन्न भएको छ। परिवर्तन गाउपालिका अध्यक्ष सुक ब बुढा मगरको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको अतिथिमा परिवर्तन गाउपालिका उपाध्यक्ष कलादेबी खत्री, प्रमुख प्रशासकिय अधिकृत प्रेम जिएम, परिवर्तन गाउपालिका ६ का वडा अध्यक्ष भरत ब बुढा, वडा न ४ का का भा अध्यक्ष तिलसरी घर्ती ,स्वास्थ शाखा प्रमुख दिपक घर्ती मगर ,शिक्षा शाखा प्रमुख बालाराम ओलि, उधम बिकास शाखा झक्कु प्रसाद डागी ,महिला तथा बालबालिका शाखा प्रमुख बिनिता खड्का ,कृषि शाखा भिमकुमारी बुढा, लगायतको अतिथियता रहेको थियो

कार्यक्रम ३ वटा जिल्लामा भएको थियो जसमा रोल्पा, रुकुम पुर्ब र दाङ लगायतका जिल्ला रहेका छन भने रोल्पा जिल्लाका ४ पालिकामा रहेको थियो जसमा परिवर्तन गापा अन्तर्गत ३,४,५,र ६ न वडा मा रहेको यो कार्यक्रम ३ बर्षे योजना रहेको बताउनु भयो। परिवर्तन गा पा भर ३२ वटा समुहमा रहेको थियो । यसले सबै ठाउँमा रहेका सम्पुर्ण कृषकलाई सहजीकरण गर्न सिपयुक्त तालीम सिकाउनुभयो।

जलबायु मैत्री कृषि कम्पोस्ट मलका कुरा देखि २ वटा सोलार लिफ्ट सिचाइ पानि अन्य पानी त्याङी सिचाइ पोखरी जैविक मल बनाउने रासायनिक मल घटाउने कार्य सामाग्री बितरन जस्ता कार्यक्रम गरेको बताउनुभयो । यति मात्र नभइ ३ बर्ष भित्रमा उहाहरुले अगुवा कृषकलाई बाकेको खजुरिया र पोखरामा तालीम समेत लुन अबसर दिएको थियो। भने यी सबै काम कार्यमा Agriculture producation मा रु ११,७३,३००० Marketing मा रु १३,२९,५६५ Enterprise मा परिवर्तन गाउपालिका Fainancial Access मा रु.४४,३,४८४ र Women empowerment मा रु. ११,३०,९७४ रकम रहेको थियो भने जम्मा रकम रु.१,५३,४४,२०५ एक करोड त्रिपप्न लाख चौलिस हजार दुई सय पाँच रुपैया रकम खर्च भएकी बताउनु भयो।

आफ्नो मन्तव्य राख्दै कृषकको तर्फबाट मन ब के सि ले आफ्नो मन्तव्य राख्दै यो कार्यक्रमले हामी किसानलाई कृषि क्षेत्रमा मात्र नभइ सीप सिकाइ सिकाउनु भयो भने पुरुषहरुले पनि खासै सिक्न नसकेको कुरा महिला दिदीबहिनी र सम्पुर्ण पुरुष दाजुभाइले सबैले यी कुरा सिक्ने अवसर मिल्यो कृषि क्षेत्रमा आधुनिक ढंगले कृषि उत्पादन गर्ने काम कुरा सिकियो भन्ने जस्ता कुरा बताउनु भयो। परिवर्तन गा पा प्रमुख प्रशासकिय अधिकृत प्रेम जि एम सर ले पनि यो ३बर्षे कार्यक्रम गर्नु हुने सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद पर्कत गर्दछौ र यो कार्यक्रमले परिवर्तन गा पा मा ३२ वटा समुहले राम्रो संघ सिक्नुभयो होला र बजारीकरणको पनि ब्यब्स्था पक्कै भयो होला अगुवा कृषकले तालीम प्राप्त गर्नु भयो त्यस्लाइ तपाईहरुले अन्य साना किसान लाई सिकाउनु हुने छ र यस्ता कार्यक्रमलाई हामी स्थानीय सरकारले पनि केही हेर्ने छ भन्ने जस्ता कुरा राख्नुभयो।भने परिवर्तन गा पा अध्यक्ष सुक ब बुढा मगरले यो सर्बप्रथम त यो महिला शसक्तिकरन लाई जोड दिएको छ कृषकले रसायन बिहिन तरकारी उत्पादन गर्ने र उतपादक्त्तोव लाई जोड दिनुहुनेछ भन्ने कुरा राख्नुभयो ।

कामलाइ निरन्तरता दिनुहुने छ भन्ने कुरा राख्नु भयो यस्ता खाल्का कार्यक्रम हामीले अझै परिवर्तन गापा गर्ने छौं र संघ सस्था बाट आएमा हामी साथ र समर्थन दिनेछौ भन्ने कुरा राख्नुभएको थियो। यो कार्यक्रम को को समापन गर्नुभएको थियो र कार्यक्रमको सहजीकरण सुनिता बुढा मगरले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस