अनिल खत्री मङ्सिर २५ ।“ हामी सबैको प्रतिबद्धता ” लैङ्गकि हिंसा अन्त्यको लागि एक्बध्ता भन्ने मुल नाराका साथ “लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम परिवर्तन १ कुरेलीमा सम्पन्न भएको छ।
परिवर्तन गाउपालिका १ का वडा अध्यक्ष मैते बुढा मगर को अध्यक्षता बाट सुरु भएको कार्यक्रमको अतिथिमा गाउँकार्यपालिका सदस्य जुनुकुमारी बुढा वडा सदस्य ओम ब खत्री ,कामी रोका मगर स्वास्थ चौकी कुरेली का इन्चार्ज ज्वाला बुढा मगर, प्रहरी चौकी प्रहरी हवल्दार शोभा चौधरी लगायत रहनुभएको थियो।
कार्यक्रममा बजार परिशर र्याली गरिएको थियो भने ज्वाला बुढाले आफ्नो मन्तव्यमा अहिले भइरहेको र पहिले भएको हिंसाबारे बताउनु भएको थियो जस बिषयमा बोल्दै लैङ्गकि हिंसा पुरुषमा पनि हुने महिलीमा पनि हुने पुरुषले महिला दमन शोषण गर्ने र महिलाले पनि पुरुषलाई दमन शोषण गर्ने जाड रक्सी खाने अनि सबै बीच हानाहान कुटपिट लगायतका कुरा बाट झैझगडा हुने गर्दछ भन्ने कुरा उहाले राख्नुभएको थियो भने सभापति वडा अध्यक्षले समापन गर्दै हाम्रो वडामा लैङ्गकि हिंसा आज सम्म नभएको र यस्ता क्रियाकलाप भएमा तुरुन्तै वडा कार्यलय प्रहरी चौकी लगायतमा उजुरी दिन अनुरोध गर्नु भएको थियो भने आज अरु ठाउँमा अन्य खालका कार्यक्रम जस्तै लोकगीत प्रतियोगिता हाजिरीजबाफ प्रतियोगिता लगायतका कार्यक्रम गराएका छन हाम्रो वडामा बनाउने त हो तर पनि समयको बाबजुत हुन नसक्व्को र अर्को साल वा यस्ता खालका कार्यक्रम अरु हुने गर्दछ्न अरु समयमा गर्ने भनी बताउनु भयो।
उहाँले अबदेखि हुने खालका यस्ता कार्यक्रममा अझै धेरै उपस्थिति जनाउन आमासमुहलाई अनुरोध गर्दै सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो। निबर्तमान वडा महिला सदस्य पबित्रा बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण १ न वडाका सचिव श्री मिनराज रिजालले गर्नु भएको थियो।