युगान्डामा हुने ‘मिस प्लानेट इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्दै मनिषा

काठमाडौं । अफ्रिकाको युगान्डामा हुने ‘मिस प्लानेट इन्टरनेशनल’ कार्यक्रम नेपालबाट मनिषा प्रधानले प्रतिनिधित्व गर्ने भएकी छिन् । ‘मिस प्लानेट इन्टरनेशनल’ मा ८० देशहरुले प्रतिनिधित्व गर्ने छन् ।

नोभेम्बर ६ देखि २० गतेसम्म हुने ‘मिस प्लानेट इन्टरनेशनल’ कार्यक्रमको लागि नोभेम्बर ५ मा नेपालबाट मनिषाको साथमा ‘मर्निङ ग्लोरी इन्ट्रटेन्मेन्ट’ को सिइओ तथा नेशनल डिरेक्टर विपासना खनाल क्षेत्री अफ्रिका प्रस्थान गर्नेछन् ।

मनिषा भक्तपुरको मोडन बोडिङ हाईस्कूलले आयोजना गर्ने कार्यक्रम ‘मिस्टर एण्ड मिस मोडन’ २०१४ को मिस मोडन हुन् । ‘मर्निङ ग्लोरी इन्ट्रटेन्मेन्ट’ म्यानेजिङ डिरेक्टर मोहना मोथे खनाल भन्छिन्– ‘८० भन्दा धेरै देशहरुको सहभागिता रहने ‘मिस प्लानेट इन्टरनेशनल’ मा नेपालले प्रतिनिधित्व गर्ने विषयमा म निकै खुसी छु । यो हाम्रो देश नेपाल भनेर विश्वलाई चिनाउने एउटा राम्रो माध्याम पनि हो ।’

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस