आफ्नो गाउँपालिका आफैं बनाउने कुरा हो, कसैले बनाइ दिन आउँछु भनेर हुँदैन – गाउँपालिका अध्यक्ष बुढा

रोल्पाको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले ८ घण्टा श्रम गर्न आग्रह गरेका छन् । श्रम–डे को बारेमा पत्रकार सुर्य प्रकाश बुढामगर सँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । संघ सरकार र प्रदेश सरकारको मुख नताकी स्थानीय तहको सरकारले आफ्नो स्रोत साधनले भ्याउने गरेर सरुवात गरेको कार्यमा सबैले सहयोग गर्न अध्यक्ष बुढाले आग्रह गरेका छन् । परिवर्तन गाउँपालिकामा मनाउन थालिएको श्रम–डे का बारेमा अध्यक्ष सुक बहादुर बुढामगरसँग गरिएको कुराकानी :

श्रम–डे किन मनाउने निर्णय भयो? कहाँ र कहिले भयो?

पहिलो कुरा श्रम–डे चाहिँ वास्तवमा हामीले निर्णयको हिसाबले परिवर्तनको गाउँपालिकाको कार्यपालिकाको निर्णयले २०७९ असोज ०२ गते गरेको थियो । किन गरेको भन्दा आफ्नो गाउँपालिका आफैं बनाउने कुरा हो, कसैले बनाइ दिन आउँछु भनेर हुँदैन, परिवर्तन गाउँपालिकाको विकास, परिवर्तन गाउँपालिकाको समृद्धि बनाउने भनेको हामी आफैं हो । किनकि परिवर्तन गाउँपालिका तपाईं हामी सबै यहाँका बासी लागौं भने त्यो सम्भावना छ, भन्ने हिसाबले यो निर्णय गरिको हो । दोस्रो कुरा हामीले किन गरेका हौं भन्दा तपाईं हामीलाई थाहा छ । अहिले मानिसले के गर्छ भन्दा खेतबारीमा काम गर्ने अर्थात् त्यो किसान हुन्छ नि जसले श्रम गर्छ । श्रम गर्नेको आधारमा हामी बाँची रहेका हुन्छौं । जस्तै, म अहिले सरकारमा छु अहिले सरकारको प्रमुखको हिसाबले भोलि गर्ने क्रममा मैले खाने अनाज उत्पादन गरेको हुन्छ नि त्यो के हो त भन्दा खेतबारीमा कुटो, कोदाली र हलोहबाट उत्पादन गरेको आन्न नै खाइरहेको हुन्छु । ती उत्पादन गर्ने मानिसलाई कहिँ न कहिँ हेलाँ गरेको जस्तो तिनीहरूलाई अपमान गरेको जस्तो उत्पादन गर्ने मान्छेलाई होइन कि खाने मानिसलाई सम्मान गरिन्छ । त्यसैले त्यो आधारमा के हो भन्दा जून खालको भिन्नता छ । त्यो लाई हामीले सकेसम्म त्यो भिन्नतालाई हटाउन पर्दछ । सबैले के हो त भन्दा खेतबारीमा काम गर्ने मान्छेले कुटा र कोदालो खन्ने मानिसलाई सम्मान गर्नुपर्छ भन्ने संस्कारको विकास गर्नको लागी यो काम गर्न खोजेको हो । अर्को कुरा के हो भन्दा हामीले यसो गर्दा के हुन्छ भन्दा खेरि परिवर्तन गाउँपालिकाको हकमा हामीले बर्षमा एक पटक कार्त्तिक ४ गते गर्छौं । यो बर्षमात्र होइन हरेक बर्षको कार्त्तिक ४ गते हामीले यसलाई पर्वको रुपमा परिवर्तन गाउँपालिकाको शानको रूपमा गौरवको रूपमा यो श्रम–डे मनाउछौं र त्यो रूपमा अगाडि बढाउने निर्णय गरेको कुरा जानकारी गराउद छु ।

श्रम–डे भनेको के हो? यो दिनमा के–के हुन्छ?

श्रम–डे भनेको केहि नभएर हामी सरकारको मान्छे जनप्रतिनिधिहरुको नेतृत्वमा ८ घण्टा कार्त्तिक–४ गते काम गर्न जाने भनेको हो । के हुन्छ भन्दा हामीले भनेका छौँ, वडा पालिका र टोल विकास संस्था बीचमा छलफल गरेर टोल विकास संस्थामा के आवश्यकता छ त सडक मर्मत गर्नुपर्ने हि कि, त्यहाँ घोरेटो बाटो निर्माण गर्ने हो कि, त्यहाँ गोरेटो बाटो निर्माण गर्ने हो कि, त्यहाँ खानेपानी मर्मत गर्नुपर्ने हो कि, त्यो छनोट र योजना चाहिँ टोल विकास संस्थाले गर्ने, वडा कार्यालयले त्यसको संयोजन गर्ने गरेर त्यहीँ टोल विकास संस्थामा जनप्रतिनिधिको नेतृत्वमा त्यो काम गर्छौं ।

श्रमको उपलब्धि र चुनौती के छन् ?

श्रमको उपलब्धिको हिसाबले हेर्दा खेरि मैले परिवर्तन गाउँपालिकाको पहिलो चरणमा हामीले आह्वान गर्दा खेरी मात्र पनि अहिलेसम्मको अवस्थामा आउँदा परिवर्तन गाउँपालिकाको आर्थिक लगानीमा हुने करिब ३० लाख रुपियाँ बराबरको कामहरु हामी ८ घण्टामा परिवर्तन गाउँपालिका बासी, हामी परिवर्तन गाउँपालिका वडा बासीले गर्ने देखिन्छ । ओपनिङ्को हिसाबले एउटा कुरा के हो त भन्दा खेरी हामी बजेटको हिसाबले ३० लाख बराबर परिवर्तन गाउँपालिकाले खर्च गर्नुपर्ने हामी श्रमजीवीको रूपमा काम गर्दा खेरी त्यो कुरा मेन व्यवस्थापन हुने कुरा भयो । अर्को कुरा गाउँपालिकाले खर्च गर्नुपर्ने देखिएन्न । दोस्रो कुरा के हो त भन्दा खेरी सुरुमा भनेको थिए, जो काम नगरेर खाने अर्थात् हामी काम चोर भन्छौं । तिनीहरूलाई सम्मान गर्ने संस्थाको अन्त्य गर्छौं र कुटो र कोदालो अर्थात् ८ घण्टा काम गरेर जून खालको बाँच्ने आधार बनाउने त्यस्ता खालका मानिसलाई मजदुर अर्थात् किसानलाई सम्मान गर्नुपर्छ भन्ने विकासको लागि यसलाई लिएको छ । चुनौती के छ भन्दा खेरी हामीले पहिलो पटक काम गर्दैछौं । मानिसको बुझाई के छ भन्दा खरी होइन हामी त खेतबारीमा काम गरिरहेको मान्छे काम नगर्नेहरुको लागि हो । यो लाग्न सक्छ, हो काम गरीराखेका छौँ तर सरकारको आह्वान एकैपटक परिवर्तन गाउँपालिका बासीहरुलाई एकैपटक आह्वान गरेर जुरुक्क उठाएर काम गराउने अवस्थामा चाहिँ के हुन सक्छ भन्दा यो त चुनौती हुने भयो । अर्को कुरा यसको काम चोरेर खाने ती साथीहरुलाई के हुने भयो भन्दा ओहो हामी त काम गर्नुपर्छ ठिकै गराएको हो सरकारले गाउँपालिकाको अध्यक्षले काम गरायो भन्ने हिसाबले नकारात्मक प्रचार गर्न सके सामान्य केहीँ चुनौती जस्तो देखिन्छ । त्यस्तो चुनौती केही देखिदैन, मुख्य कुरा भनेको उपलब्धि नै हुन्छ ।

यसको निरन्तरता आगामी दिनमा पनि हुन्छ्की यो बर्ष मात्र हो?

अब मेरो कार्यकाल अथवा हामी अहिले निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिसके पछी के गर्नु हुन्छ । अर्को सरकार बनेपछि प्रमाणित गर्ने कुरा हो । तर हामी हुँदा सम्म यो बर्षमात्र होइन कि हरेक बर्षको एक दिन कार्त्तिक–४ गतेलाई श्रम–डे मनाउने गरि प्रत्येक बर्ष गर्ने गरि हामीले बनाएका छौँ छोड्ने भन्ने चाहिँ हुँदैन ।

तपाईं परिवर्तन गाउँपालिकाको अध्यक्ष भएर आइसकेपछि प्रमुख उपलब्धि के–के भए?

परिवर्तन गाउँपालिकाको अध्यक्ष निर्वाचित भइसकेपछि पहिलो कुरा भनेको बैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो । त्यसपछि मैले पदभार ग्रहण गरेको थिए । जेठ ०८ गते पदभार ग्रहण गरिसकेपछि आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रमलाई कार्यान्वयन गर्ने जून खालको चुनौती थियो । त्योलाई सामना गरेर हामी सानदार ढंगले समय सिमा भित्र रहेर हामीले के गरीम भन्दा खेरी करिब करिब ९४.७ प्रतिशत पुँजीगत खर्च गरेका थियौँ । अनि चालू खर्चलाई केही घटाएर ७९.० प्रतिशत चालू खर्च गरियौँ । निश्चित समय सिमा भित्र रहेर जून पुँजीगत खर्च वृद्धि गर्न सकियौँ, घटाउन सकियौँ पहिलो कुरा, दोस्रो कुरा के हो भन्दा खेरी हामीले जून जनताको गुनासो सुन्ने कुरा हुन्छ ।हामीले सार्वजनिक सुनुवाइको माध्यमबाट हामीले स्थानीय तहको सरकारले सेवा प्रवाह गर्ने क्रममा त्यस्तै तपाईंहरु कतिको सन्तुष्टि हुनुहुन्छ भन्ने हिसाबले एउटा हामीले सार्वजनिक सुनुवाइ सम्पन्न गरियौं । अर्को के हो त भन्दा खेरी सार्वजनिक सुनुवाइका कुरा मात्र होइन कि जून त्यो सेवा ग्राहिहरु, जनताहरु, नागरिक कतिको सन्तुष्टि छन् त भने हिसाबले हामीले कस्तो सेवा प्रवाह गरियौं त भन्ने सवालमा नागरिक सन्तुष्टि सर्वेक्षण फारम भर्न लगाइम त्यसले सुशासनलाई कायम गर्छ । तेस्रो कुरा के हो भन्दा खेरी हामीले बजेट निति कार्यक्रम बनाउँदा खेरी सकेसम्म सबैलाई सहभागी हुने गरि चाहिँ हामीले सबैको लगभग प्राथामिकरण गर्दै जाने क्रममा सबैको सहभागिता हुने गरी बजेट, निति तथा कार्यक्रमको शिक्षा सवालमा होस्, स्वास्थ्यको सवालमा होस् चाहे कृषिको सवालमा होस्, पूर्वाधारको सवालमा होस् । हरेक क्षेत्रमा हेर्दा खेरी बजेट, नीति तथा कार्यक्रम जनमैत्री अर्थात् लोकप्रिय बजेट अर्थात् जनताको पक्षमा हामी बजेट बनाउन सफल भएको छौँ । चौथो कुरा के हो त भन्दा मैले भनेको छु, सुशासनलाई राम्रो बनाउनलाई चाहिँ के हुनुपर्छ भन्दा सेवा ग्राहीहरु सन्तुष्टि हुनुपर्छ । त्यो भने परिवर्तन गाउँपालिकामा हामीले सिधै निमित्त प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन मुल्यांकन सम्झौता, करार सम्झौता गरेको छु । यो मा के भन्ने गर्दछ भन्दा खेरी सेवा सुविधा मुस्कान सहितको हुनुपर्छ है । सेवा ग्राही आउँदा खेरी परिवर्तन गाउँपालिकाको यो शाखामा जाँदा हप्काए, मलाई गाली गरे, यो भएन्न त्यो भइन भन्दा पनि लौ है त्यहाँ गएको बेला राम्रो भयो । त्यो खालको काम गर्नुपर्छ भन्ने हाम्रो सुरुवात भएको छ । पाँचौ कुरा के हो त भन्दा बैंकमा कहिलेकाही ढिलासुस्ती थियो कहिले बढी थियो, अहिले कम भएको छ, यो हेर्दा चाहिँ हामीले सुशासनको क्षेत्रलाई हेर्दा खेरी अनि पूर्वाधारको क्षेत्रमा हेरिरहनु भएको छ हामीले जेसिवी खरिद गरेर जो चाहिँ हामी करिब एक हप्ता जून भारी बर्षा जून कारण यातायात अवरुद्ध भएको थियो । म आफैं लागेर जेसिवी परिचालन गरेर सेवा प्रवाहमा परिवर्तन गाउँपालिका भित्र विस्तार गर्न सफल भएका थियौं । अहिले पनि हाम्रो मेसिनले सकेसम्म तिहार अगाडि बाटो खोल्ने गरेर अगाडि बढेको छ । यसलाई उपलब्धिको रूपमा लिनुपर्छ ।

गाउँपालिकाको आगामी योजना के–के रहेका छन् ?

आगामी गाउँपालिकाको योजनाको हिसाबले पहिलो कुरा भनेको शिक्षालाई नि:शुल्क बनाउनु पर्छ भन्ने हिसाबले हामी लागेका छौँ ।बैशाख देखि जून विद्यार्थी भर्ना शुल्क हुन्छ । त्यसपछि शिक्षक पाल्ने शुल्क उठाउने हुन्छ । त्यो न उठाउने गरि विद्यालय एक मुस्ट अनुदान दिने गरि हामी कार्यान्वयनको पक्षमा अगाडि बढेका छौँ । त्यसैले हामी शिक्षालाई नि:शुल्क बनाउने तर्फ गएका छौँ पहिलो कुरा शिक्षाको हिसाबले, दोस्रो कुरा प्लस टु साइन्स पढ्नको लागि त्यो खालको योग्यता भएका छात्र छात्राको लागि चाहिँ छात्रवृत्तिको व्यवस्था गरेका छौँ । तेस्रो कुरा एमबीबीएस र ब्याचलर सम्मको कृषि र पशु अध्ययन गर्ने छात्र छात्राको लागि इस्कलर सिपको व्यवस्था गरेका छौँ भने हामीले शिक्षा क्षेत्रमा राम्रो बनाउनको लागि के हो त भन्दा खेरी विद्यार्थी र शिक्षकले मात्र चाहेर हुँदैन, अभिभावकको भूमिका पनि त्यतिकै हुन्छ है भन्ने कुरालाई मध्यनजर गर्दै स्कुल स्कुलमा, परिवर्तन कार्यक्रम लागु गर्ने छौँ ।

स्वास्थ्य तर्फ १५ शैया हस्पिटल चप्कामा निर्माणाधीन अवस्थामा रहेको छ । त्यसलाई यथाशीघ्र त्यो भवनलाई सम्पन्न गरि आफ्नै कार्यकालमा सेवा प्रवाह गर्ने गरि प्राथमिकतामा राखिएको छ । आधारभूत स्वास्थ्य केन्द्रलाई राम्रो बनाउनलाई जहाँ जनशक्ति अभाव छ त्यसलाई पदपूर्ति गर्ने व्यवस्थापन पक्षलाई राम्रो बनाउने पक्षमा छौँ । ६० बर्ष माथीका र ७० बर्ष माथीका काटेका जेष्ठ नागरिकको लागि प्रदेश सरकारले कार्यक्रम बनाएको थियो भने जति पनि ६० र ७० बर्ष काटेका जेष्ठ नागरिक छन् उनीहरूको लागि स्वास्थ्य चेकजाँचको व्यवस्थापन गर्ने स्वास्थ्यमा रहेका छन् । अर्को परिवर्तन गाउँपालिकाको गौरवको आयोजना भित्र जून व्यवस्था बदलिँयो व्यवस्था बाट बलिदान गरे तिनै शहिदहरुको लागि चाहिँ सम्मानको लागि चाहिँ शहिद स्मारक निर्माण गर्ने भनेका छौँ, त्यसको लागि बजेटको व्यवस्था गरेका छौँ र तिनका परिवारका लागि चाहिँ रोजगारमा जोड्ने गरि रोजगार विषेश कार्यक्रम सञ्चालन गर्ने गरि हामीले त्यो खालको बजेटको व्यवस्थापन गरेका छौँ ।

अर्को युवाहरूको लागि जून युवाहरु वैदेशिक रोजगारमा जाने युवाको संख्या कति छन् त्यसलाई घटाउने गरेर काम सुरु गर्नुपर्छ भनेर हामीसँग भएको स्रोत र साधनको प्रयोग गरेर युवामा रोजगारको आकर्षण कार्यक्रम त्यो खालको बजेट व्यवस्थापन गरेर सञ्चालन गर्न खोजी रहेका छौँ । पूर्वाधार तर्फ भनी सके हामीले आगामी दिनहरूमा गाउँपालिका बाट वडा कार्यालय जाने बाटोलाई लिमिड गर्ने कुरा, ग्राबील गर्ने कुरा, सुलिङ गर्ने कुरा, त्यसपछि गाउँपालिका क्षेत्र भित्र हाम्रै कार्यकालमा कालोपत्रे गर्ने गरी त्यो खालको योजना बनाएर अगाडि बढेका छौँ । त्यो खालको कार्यक्रम समावेश गरेर अगाडि बढेका छौं ।

कृषि तर्फ जून उत्पादन छ,उत्पादनलाई बजारको जून ग्यारेन्टीको कुरा एकातिर बिक्री भएन्न अर्कोतिर उत्पादन गरेको कुरा बिक्री गर्दा हामीले मुल्य पाएनौं, त्यो कुराको अन्त्य गर्ने गरि हामीले कामलाई अगाडि बढाएका छौँ र हाम्रो पाँच बर्षे कार्यकालमा यहाँका किसानहरु र जनताहरुलाई अनुभूति गराउनको लागि निर्वाचित गराएका जनताहरुले यस्तो खालको काम गरे है भन्ने अनुभूति बनाउने सोच बनाएका छौँ ।

अन्त्यमा मैले सोध्न छुटाएकोर र केही भन्नु पर्ने छ भने राख्न सक्नुहुन्छ ?

पहिलो कुरा त म हजुरलाई धन्यवाद दिन चाहन्छु । जून ‘परिवर्तन गाउँपालिकाको आह्वान, श्रममा सम्मान’भन्ने मूल नारा सहित कार्त्तिकको–४ गते हामीले श्रम–डे मनाउने गरेर परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले त्यसमा आम परिवर्तन गाउँपालिका बासी, जनसमुदायहरु, कर्मचारी, शिक्षक, व्यापारी लगाएतले त्यो अभियानलाई, परिवर्तन गाउँपालिकाको शानलाई सहयोग गर्ने गरि कार्त्तिक–४ गते शुक्रबार ९ बजेदेखि ५ बजेसम्म ८ घण्टा काम गर्ने हिसाबले तपाईंहरु जुटनुहुनेछ, किनकि त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो, कसैले गरेर हुँदैन । राज्यको मात्र होइन संघ सरकार, प्रदेश सरकारको मुख ताक्ने होइन कि स्थानीय तहको सरकारले स्रोत साधनले भ्याएसम्म के काम गर्ने, त्यो मा श्रम मिसायौं भने समृद्धि हुन्छ भन्ने लागेको छ । त्यसैले सबैले सहयोग गर्नु हुनेछ भन्ने चाहन्छु ।

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस