
दाङ,
राजधानीको दरबारमार्गस्थित “मेरो सारङ्गी रोधी क्लव” खुलेको छ, उक्त रोधी क्लव यही मंसिर महिनाको २१ गत्ते शुक्रबारबाट सञ्चालनमा ल्याएको लोकदोहोरी गायिका एवम सोहि रोधी क्लवकी सञ्चालिका जालुमाया गुरुङले जानकारी दिएकी छिन्।
क्लवको उत्घाटन गत शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर ईन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले संयुक्त रूपमा गरेका थिए।
रोधी क्लवको उत्घाटन कार्यक्रममा गायिका सर्मिला गुरुङ, गायिका जुना श्रीस मगर, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष प्रकाश कटुवाल लगाएतका उपस्थिति रहेको थियो। लोकदोहोरी गायक गायिकाहरु सबै जना मिलेर संयुक्त रूपमा “मेरो सारङ्गी रोधी क्लव” सञ्चालनमा ल्याएको गुरुङले बताएकी छिन्। ठूलो लगानी लगाएर आफूसँगै गायक प्रदिप रोका र गायिका संगम लामिछाने समेत मिलेर रोधी क्लव सञ्चालन गरिएको गुरुङको भनाई छ ।
रोधी क्लवकी सञ्चालिका गुरुङले नेपाली मौलिक कला तथा संस्कृतिको प्रचार प्रचारमा जोड दिने र गाउँघरको याद झल्काउने सो रोधी क्लवको उद्देश्य रहेको बताएकी छिन्।