
अनिल के सि मङ्सिर २। स्थानीय अनुकुल कार्ययोजना निर्माण सम्बन्धि वडा स्तरीय लेखाजोखा तथा छलफल कार्यक्रम १ न वडामा सम्पन्न भएको छ । परिवर्तन गाउपालिका १ का वडा अध्यक्ष को अध्यक्षता बाट सुरु भएको कार्यक्रम अतिथि निबर्तमान वडा अध्यक्ष बम ब पुन, कार्यपालिका सदस्य जुनोकुमारी बुढा ,वडा सदस्य ओम ब खत्री सदस्य कामी रोका, जनकल्याण मा बि धानाबाराका बि ब्य स अध्यक्ष पुर्बे बुढा मगर, नेपाली काङ्ग्रेस सभापति धनप्रसाद रोका, नेकपा माओवादी केन्द्र अध्यक्ष कमारा बुढा, स्वास्थ शाखा प्रमुख ज्वाला बुढा प्रहरी हवल्दार सोभा चौधरी, IPAS NEPAL का खुस्बु पौडेल, Kids का कर्मचारी उषा आर्यलको अतिथियता रहेको थियो।
Ipas र kids को सहयोगमा आगामी दिनको कार्यक्रम को कार्ययोजना को बिषय लाई र जलबायुमैत्री बाताबरण निमार्ण र घटेका घटनालाई बिपद्लाइ ब्यबस्थापन गर्न लगायतका कुराको बिषय मा आधारित छलफल भएको थियो भने यस्ता कार्यक्रम लिएर वडा पालिका तथा संबंधित निकाय समक्ष पुर्याइ यसको लागि केही रकम राखी काम सुल्झाउन छौ भने भन्नुभएको थिय ।
परिवर्तन गाउपालिका १ न वडा भित्रका १३ वटा टोल बिकास सस्था बाट र संबंधित स्वास्थ प्रहरी बाट यसको लागि उहाँहरुले आ आफ्नो माग पेश गर्नु भएको थियो भने अन्तयमा १ न वडा अध्यक्ष ज्युले समापन गर्दै वडा स्तरीय लेखाजोखा कार्यक्रममा तपाईंहरुले माग गरेका कुरा सबै नभएता पनि हामी वडा पालिका र संबंधित निकाय समक्ष पुर्याइ ध्यानाकर्षण गराउने छौ र केही रकमको जुहार गर्ने छौ भनी भन्नुभएको थियो भने वडा का वडा सदस्य ओम ब खत्री को सुभकामना मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचीव मिन्राज रिजालले गर्नु भएको थियो।