सुनिलस्मृति गाउँपालकाको आ.व. २०८०।०८१ को पहिलो कार्यपालिका वैठक श्रावण २१ गते सोमवार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकीको अध्यक्षता वसेको गाउँ कार्यपालिका वैठकले विभिन्न १२ वटा निर्णय गरि सम्पन्न भएको छ भने आ.व. २०७९।०८० को कार्य प्रगतिको समिक्षा गरी थप सुधारका लागि आवश्यक निर्देशन गर्नुपर्ने भई प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले पेश गर्नु भएको आ.व. २०७९।०८० को वित्तिय तथा भौतिक प्रगति र सो संग सम्वन्धित क्रियाकलापको विषय संलग्न संक्षिप्त प्रतिवेदन उपर समिक्षा भई चालु आ.व.मा थप प्रगति हाँसिल गर्नका लागि चालु खर्चलाई संभाव्य न्यूनीकरण गर्ने र पूँजिगत खर्चलाई वढवा दिदै त्यस्तो खर्चको आर्थिक सामाजिक लाभलाई अधिक तुल्याउन प्रयास गर्ने
गाउँपालिकाका विकास सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्दा श्रममूलक प्रविधि र प्रणालीलाई प्राथमिकता दिनुका साथै स्थानीय उत्पादन, सीप, पूँजी र प्रविधिको प्रयोगमा प्राथमिकता दिने, जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा जोड दिने गरी आ.व. २०८०।०८१ मा कार्यक्रम सञ्चालन गर्ने, कार्यसम्पादन करार पद्धतिलाई निरन्तरता दिदै नतिजामा आधारित प्रोत्साहन प्रणाली अवलम्वन गर्ने, गाउँपालिकामा र मातहतका सवै निकायमा हुने खरिदलाई पूर्णत ः प्रतिस्पर्धी बनाउदै खरिद इकाई मार्फत जिन्सी शाखाबाट खरिद गर्ने गरी एकद्वार खरिद प्रणाली अवलम्वन गर्ने, गाउँपालिका सवै वडा र स्वास्थ्य संस्था लगायतका सवै निकायमा अद्यावधिक डिजिटल सेवा वडापत्रको व्यवस्था गर्ने, सवै सम्पत्ती (खर्च भएर नजाने)लाई अनिवार्य संकेतीकरण गर्ने,
विद्युतीय हाजिरी प्रणालीलाई सवै निकायमा क्रमश लागु गर्दै लैजाने, सवै योजना तथा कार्यक्रम सम्पन्न भए पश्चात भएको खर्च विवरणको सार्वजनिक सुनुवाई र स्वत ः प्रकाशन गर्ने, पूर्वाधार विकास सम्बन्धी योजना छनौट गर्दा जग्गा प्राप्तिको सुनिश्चितता भएको योजना मात्र छनौट गर्ने र ठेक्का प्रकृयालाई पहिलो त्रैमासिक अवधिमै सुचारु गर्ने, उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरुलाई आवश्यक रीत पूरा गरी कार्तिक मसान्त सम्म संझौता सम्पन्न गरी सक्ने चैत्र मसान्तसम्म योजना सम्पन्न गर्ने गरी तदारुकताका साथ काम अघि वढाउने,
विद्युतीय हाजिरी प्रणालीलाई सवै निकायमा क्रमश लागु गर्दै लैजाने, सवै योजना तथा कार्यक्रम सम्पन्न भए पश्चात भएको खर्च विवरणको सार्वजनिक सुनुवाई र स्वत प्रकाशन गर्ने, पूर्वाधार विकास सम्बन्धी योजना छनौट गर्दा जग्गा प्राप्तिको सुनिश्चितता भएको योजना मात्र छनौट गर्ने र ठेक्का प्रकृयालाई पहिलो त्रैमासिक अवधिमै सुचारु गर्ने, उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरुलाई आवश्यक रीत पूरा गरी कार्तिक मसान्त सम्म संझौता सम्पन्न गरी सक्ने चैत्र मसान्तसम्म योजना सम्पन्न गर्ने गरी तदारुकताका साथ काम अघि वढाउने,
महालेखा परीक्षणबाट औल्याइएको वेरुजु फर्छौटको लागि कार्यपालिकाले विशेष पहल गर्ने, गाउँपालिकाको योजना अनुगमन सम्बन्धी कार्यलाई वस्तुनिष्ट, थप प्राविधिक र प्रभावकारी तुल्याउने, पालिकाको संस्थागत क्षमता (Institutional capacity) लाई सुदृढीकरण गर्न आवश्यक देखिन्छ । सोको लागि प्रतिवेदन र अभिलेखीकरण प्रणालीलाई वैज्ञानिक वनाउने जस्ता निर्णय भएको गाउँपालका सहायक कम्प्यूटर अपरेटर आशिष भारद्धाजले बताउनु भएको छ ।